Chakupat, Lalitpur, Nepal
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं.) ले सूचना प्रविधि तथा साइबर सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले पाङ्ग्रे कम्प्युटर आपतकालीन प्रतिकार्य कार्यदल (Pangre-Computer Emergency Response Team – P-CERT) गठन गरेको छ।
हाल त्रि.वि. तथा अन्तर्गतका निकायहरूमा सूचना प्रविधिमा आधारित प्रणालीहरूको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। यस परिवेशमा डिजिटल प्रणालीहरूको सुरक्षित, प्रभावकारी तथा दिगो सञ्चालन सुनिश्चित गर्न Computer Emergency Response Team (CERT) को आवश्यकता अत्यन्त महत्त्वपूर्ण बन्दै गएको छ।
ललितपुरको चाकुपाटमा अवस्थित “पाङ्ग्रे घर” को रूपमा परिचित इ.अ.सं. परीक्षा नियन्त्रण महाशाखाले परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्मका अधिकांश कार्यहरू सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गर्दै डिजिटल रूपान्तरणलाई तीव्रता दिइरहेको छ। स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका अनलाइन आवेदन प्रणाली, नतिजा प्रकाशन प्रणाली लगायतका संवेदनशील डिजिटल सेवाहरूको सुरक्षित सञ्चालन र भविष्यमा विकास हुने डिजिटल प्रणालीहरूको व्यवस्थापनलाई ध्यानमा राख्दै यस कार्यदल गठन गरिएको हो।
इ.अ.सं. डीन कार्यालयको निर्णय तथा त्रि.वि. रजिस्ट्रार कार्यालयको सहमतिमा, सहायक डीन तथा परीक्षा नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम दवाडीले उप–प्रमुखको संयोजकत्वमा सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रका विज्ञहरू सम्मिलित ५ सदस्यीय P-CERT कार्यदल (समिति) गठन गर्नुभएको हो।
यस कार्यदल गठनसँगै इ.अ.सं. परीक्षा नियन्त्रण महाशाखाले आफ्नो डिजिटल प्रणालीलाई अझ सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउने विश्वास लिएको छ।
P-CERT कार्यदलले मुख्यतया: निम्न कार्यहरू सम्पादन गर्नेछ: