Examination Control Division, Institute of Engineering

Chakupat, Lalitpur, Nepal

Faqs

TU Registration को लागि सम्बन्धित क्याम्पसहरुले भर्ना भएका विद्यार्थिहरुको विवरण भरेपछि सम्बन्धित विद्यार्थिको email मा username password जान्छ र  student.exam.tu.edu.np मा गई उक्त username password प्रयोग गरि registration खुला अवधिभर विद्यार्थिहरुले आफै registration form भर्न सक्नेछन् वा क्याम्पस आफैले पनि भर्न सक्नेछन्।

Transcript/Certificate Certify गर्ने कार्य त्रि.वि. परीक्षा नियन्त्रण कार्यलय, बल्खुबाट मात्र हुने गर्दछ। तशर्थः यसको लागि त्रि.वि. परीक्षा नियन्त्रण कार्यलय, बल्खुमा सम्पर्क गर्नुहोला।

... अन्तर्गत पढाइ हुने सवै स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरुका पाठ्यक्रमहरु इ... को आधिकारिक वेवसाइट https://ioe.tu.edu.np बाट प्राप्त गर्न सकिन्छ। सो पाठ्यक्रम प्रमाणित गर्नु परेमा इ... डीन कार्यालयमा निवेदन दिई तोके बमोजिमको दस्तुर बुझाएमा सहायक डीन (शैक्षिक) मार्फत माग गरे अनुसारका पाठ्यक्रमहरु प्रमाणित गरिन्छ।

... ले सामान्यतः प्रत्यक ५ बर्षको अवधिमा मौका परीक्षा (Barrier Exam)  सञ्चालन गर्ने गरेको छ। अघिल्लो मौका परीक्षा (Barrier Exam) को नतिजा प्रकाशन गरेको ५ बर्ष पछि फेरी मौका परीक्षा (Barrier Exam) सञ्चालन गर्ने सम्वन्धमा इ... बाट स्वीकृत भई आएमा इ... परीक्षा नियन्त्रण महाशाखाले मौका परीक्षा (Barrier Exam) सञ्चालन गर्ने गर्दछ।

The Medium of Instruction (English) certificate shall be issued by the campus/college administration. Hence, please contact to your campus administration. If needed such certificate from IOE dean's office, please contact Academic Section of IOE Dean's office. IOE Exam Control Division does not provide such certificates.

IOE ECD provides rank certificate to only TOP 10 ranked students of their respective program who regularly clear their subjects only from the regular examination throughout the study. Graduated student has to apply in person at ECD, IOE to get the Rank certificate. ECD doesn’t issue Rank certificate to IOE graduated student who has back examination log records at ECD, IOE.

त्रि.वि. शैक्षिक प्रशासन तथा संगठन सम्वन्धी बिनयम, २०५० (२०८०-०३-१२ सम्मको संशोधित) को परिच्छेद-६६ मा परीक्षाको प्रायोजनको लागि विद्यार्थीहरुको आचार संहितासम्बन्धी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ। उक्त परीच्छेदको बिनियम २६८ मा उल्लेख भए अनुसार “परीक्षामा अनियमित र अभद्र कार्य गर्ने परीक्षार्थीको सम्वन्धित परीक्षा रद्द गर्नुको साथै निज परीक्षार्थीलाई १ बर्ष देखि ४ बर्ष सम्म कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निस्काश गर्न सक्नेछ।“

परीक्षा आवेदन फारम अनलाईनबाट प्रविष्ट गर्ने क्रममा पासवर्ड बिर्सियो वा अन्य कुनै कारणले Login हुन नसकेमा Forgot Password मार्फत सम्वन्धित इ-मेल प्रयोग गरी स्वतः Password Reset गर्न सकिने छ। स्वतः Password Reset मा समस्या आएमा आवेदकले यथाशिघ्र आफ्नो सम्वन्धित क्याम्पस/कलेज प्रशासनमा सम्पर्क गरी Login Reset गर्नु पर्नेछ। क्याम्पस-कलेजले Login सम्वन्धि समस्या समाधान गर्नेछ। क्याम्पस-कलेजबाट पनि सोको समाधान नभएमा मात्र समस्याको बस्तृत विवरण (नाम, क्याम्पस रोल नम्बर, अध्ययनरत बर्ष-खण्ड, आवेदन गर्ने परीक्षाको किसिम – नियमित वा पुनःपरीक्षा, तह आदी) सहित समस्या स्पष्ट खुल्ने गरी देखिएको समस्याको Screen Shot वा Video बनाई परीक्षा नियन्त्रण महाशाखाको इ-मेल semesterexam@ioe.edu.np मा पठाउन सकिनेछ। थप समस्याको समाधान गर्नु परेमा परीक्षाको सम्पर्क टेलिफोनहरु (015268716, 015268636) मा सम्पर्क गरी समस्याहरु टिपाउन सकिनेछ।